प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन एमाले सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही पुस २६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन एमाले सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभामा निर्वाचित आफ्ना सांसदहरुका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुस २६ गते समयमै बैठकमा उपस्थित भएर प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन निर्देशन दिएका हुन् ।

‘यो सरकारले सही नीति लिओस्, भ्रष्टाचार नगरोस्, यसले सुशासन र विकासलाई उचित र आवश्यक कदमहरु दृढताका साथ अघि बढाओस् । त्यसकारण पर्सी २६ गते प्रतिनिधिसभा सदस्य साथीहरु समयमा उपस्थित भइ प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनु होला ।’ उनले भने ।

साथै अध्यक्ष ओलीले सांसदहरुलाई पार्टीको निर्णयभन्दा बाहिर गएर केही नबोल्न पनि निर्देशन दिए ।

अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सरकार ढाल्न लागिपरेको आरोप पनि लगाए । अहिलेको सरकार ढाल्न सभापति देउवा कुनै दलको अध्यक्षको घरमा प्रधानमन्त्री बाढ्दै हिँडेको ओलीको आरोप छ ।

उनले भने, ‘यो सरकार ढले उपधारा ३ बमोजिम सरकार बन्छ तर देउवा २ अन्तर्गतकै सरकार बनाउन लागिपरेका छन् ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *