माधव नेपालको पार्टी प्रतिपक्षमै बस्ने


काठमाडौं । संघीय संसद सचिवालयले राजनीतिक दलहरुलाई सोधेर कुन पार्टी कुन बेञ्च सत्तापक्ष वा प्रतिपक्षमा बस्ने भनेर सोधेको छ । दलहरुले दिएको जवाफका आधारमा प्रतिनिधिसभा भवनमा सिट व्यवस्थापन गरिएको छ । संसद सचिवालयका अधिकारीहरुका अनुसार ‘एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्चमा बस्छौं भनी जानकारी गराएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भेटेका थिए । भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने सन्दर्भमा एकीकृत समाजवादी सकारात्मक रहेको जवाफ दिएका थिए । तर, एकीकृत समाजवादीले संसद सचिवालयलाई भने आफूहरुलाई प्रतिपक्षी बेञ्चमा राखिदिन भनेको हो । प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन् । यसकारण सोमबारबाट सुरु हुने अधिवेशनमा एकीकृत समाजवादीले आफूहरुलाई प्रतिपक्षी बेञ्चमा राखिदिन गरेको आग्रहलाई अर्थपूर्ण रुपमा लिइएको छ । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा सोमबार नै निर्णय हुने बताउँछन् । उनी भन्छन्, ‘हामी सत्तामा छैनौं त्यसकारण सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा हामी प्रतिपक्षमै बस्छौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *