फिनल्‍याण्डमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा युवती पक्राउ


काठमाडौं । फिनल्‍याण्डमा रोजगारी मिलाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीलाई एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका १ घर भई हाल काठमाडौंको जोरपाटी बस्‍ने २६ वर्षीय मनिषा पुन रहेकी छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोरपाटीबाट पक्राउ गरेको हो । पक्राउ परेको उनलाई ठगी सम्बन्धी कसूरमा आवश्‍यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *