आयल निगमले इन्धनको मूल्य घटायो,ग्याँसको यथावत
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको छ । अब पेट्रोल लिटरको १ सय ७५ तथा डिजेल र मट्टितेल लिटरको १ सय ७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २ सय २५ डलर करिब प्रतिलिटर ३० रुपैयाँ घटेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ सय ७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४ सय २० डलर पर्नेछ । खाना पकाउने एलपी ग्याँसको मुल्य भने यथावत नै छ ।