नेपाल बैंकको १२ प्रतिशत लाभांश पारित


काठमाडौं । नेपाल बैंकको ६३ औं वार्षिक साधारणसभाले संचालक समितिद्वारा प्रस्तावित १२ प्रतिशत लाभांश पारित गरेको छ । यससँगै बैंकका सेयरधनीले गत वर्षको नाफाबाट २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश पाउनेछन् । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार ९२७ रुपैयाँ भएको छ । यस्तै, बैंकले आर्थिक वर्ष २०७९।८० का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गरेको छ । सभाले बैंकको आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८।७९ को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *