देउवालाई भेट्न धुम्बाराही पुगे माधव नेपाल र उपेन्द्र यादव
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल,जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
उनीहरुको भेट देउवा निवास धुम्बाराहीमा भएको हो । उनीहरुबीच सभामुखको निर्वाचन र आउँदो राजनीतिक समिकरणको विषयमा छलफल भएको बुझिएको छ ।
कांग्रेसले गठबन्धनबाट जसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी लगायतलाई आफूतिर तान्न खोजिरहेको छ । राष्ट्रपति चुनावलाई समेत मध्यनजर गरेर कांग्रेसले आफ्नो गठबन्धन बलियो बनाउन खोजेको हो ।
सभामुख निर्वाचनको पूर्वसन्ध्यामा भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।