स्प्राइटको ‘पिरोको झट्का स्प्राइटले मेटा’


काठमाडौं । लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘पिरोको झट्का स्प्राइटले मेटा’ नामक नयाँ क्याम्पेन सुरु गरेको छ । पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराहरुको स्वाद अझै लिनका लागि स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो भन्ने सन्देश दिनका लागि यो नयाँँ क्याम्पेन सुरू गरिएको कम्पनीले जनाएको छ । यो क्याम्पेनको एउटा भागको रुपमा टेलिभिजन कमर्सियल पनि बनाइएको छ । जसमा जसिता गुरुङ, नाजिर हुसेन र कविता नेपालीले अभिनय गरेका छन । यसको छायांकन जनकपुरमा गरिएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यो पहिलो क्याम्पेन हो जसमा स्प्राइटले नेपालमा खानासँग आफ्नो सम्बन्धलाई देखाउने प्रयास गरेको छ । यो भन्दा अगाडिको क्याम्पेनहरुमा भने स्प्राइटले गर्मीमा युवाहरुलाई रिफ्रेस बनाउने पेय पदार्थको रुपमा आफूलाई प्रस्तुत गर्ने गर्थ्यो । स्प्राइट नेपालको सामाजिक सञ्जालहरुमा पनि रमाइला जिफहरु र स्पाइसी फुड मोमेन्टका भिडियोहरुको साथ पिरोको झट्का स्प्राइटले मेटा क्याम्पेन सञ्चालन गरिएको छ । त्यस्तै विभिन्न सोसल मिडिया इन्फ्लुएन्सरहरुसँग पनि सर्प्राइज कोल्याबोरसन गरिएको छ जुन स्प्राइट नेपालको सामाजिक सञ्जालहरुमार्फत चाँडै नै सार्वजनिक गरिने पनि कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *