सुदूरमा आजै मन्त्रिमण्डल गठनको तयारी, को-को बन्दैछन् मन्त्री ?

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका शाहले आज पद तथा गोपनियताको सपथ लिएलगत्तै सानो आकारको मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका हुन् ।

प्रदेश प्रमुख देवराज जोशीबाट मुख्यमन्त्री शाहले दिउँसाे साढे तीन बजे पद तथा गोपनियताको सपथ लिनेछन् । त्यसपछि उनले आजै २ जना मन्त्री नियुक्त गर्ने तयारी गरेकाे बुझिएको छ।

शाहले नेपाली कांग्रेसबाट एक जना र नेकपा (एकीकृत समाजवादी) बाट एक जना गरेर दुई जना मन्त्री नियुक्त गर्नेगरी छलफल भइरहेको स्रोतले बतायो ।

स्रोतकाअनुसार कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मन्त्री आज बन्ने सम्भावना छ । त्यस्तै कांग्रेसबाट मानबहादुर रावल, दिवानसिंह विष्ट, बहादुरसिंह थापा पनि मन्त्रीको लाइनमा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *