यातायात मजदुरको आन्दोलन : सार्वजनिक सवारी ठप्प, यात्रु मारमा

काठमाडौं । यातायात मजदुरको आन्दोलनले काठमाडौंको यातायात सेवा प्रभावित भएको छ । नेपाल यातायात मजदुर संघको हडतालका कारण मंगलबार बिहानैदेखि उपत्यकाका सार्वजनिक सवारीसाधन चलाइएको छैन ।

उपत्यका बाहिर जाने लामो दुरीका सवारी साधन फाट्टफुट्ट चले पनि नयाँ बसपार्क, कोटेश्वर, कलंकीलगायत बस काउन्टरहरू बन्द छन् । अहिले चोक चोकमा बाक्लो संख्यामा प्रहरी खटिएका छन् ।

सार्वजनिक सवारी साधन नचल्दा यात्रु मारमा परेका छन् । निजी सवारी साधन भने निर्वाध रूपमा सञ्चालनमा रहेको छ ।
नयाँ बसपार्कका ठेकेदार कम्पनी लोत्से बहुउदेश्यीय प्रालिका महाप्रवन्धक, कर्मचारीलगायत ३० जना अपरिचित व्यक्तिले यातायात मजदुरलाई आक्रमण गरेको भन्दै सोमबार यातायात मजदुर हिंसात्मक प्रदर्शनमा उत्रिएका थिए ।

बालाजुको बसपार्क क्षेत्रमा ट्राफिक नियमविरुद्ध आन्दोलनमा उत्रिएका उनीहरुले दुई वटा प्रहरी भ्यान र प्रहरी बिट समेत जलाएका जलाएका थिए । त्यस्तै ट्राफिक आइल्यान्ड पनि भत्काएका थिए । प्रहरीमाथि ढुंगामुढा पनि गरेका थिए । त्यस्तै उनीहरूले बालाजुमा रहेको ल्होत्से मलमा पनि ढुंगामुढा गरी तोडफोड गरेका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *