एभरेष्ट बैंकले धितोमा रहेको जग्गासहित कार बेच्दै


काठमाडौं । एभरेष्ट बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको जडिबुटि शाखा कार्यालयबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । ऋणी प्रधान ग्लास प्रालिका सञ्चालक अनिष प्रधान र नानीमैया प्रधान तथा जमानीकर्ता सुमन प्रधानले बैंकमा लिएको ऋण वापत राखिएको धितो सवारी लिलामी गरिएको छ । बैंकले सन् २०१९ मा बनेको पी ३–०१ ०२२ च ३५२१ नम्बरको महिन्द्रा बोलेरो पिकअप र सन् २०१९ मा नै बनेको बा ५ ख ८७८६ नम्बरको टाटा मोटर्सको सवारी बिक्रीमा राखिएको हो । यस्तै, बैंकले दिपायल शाखा कार्यालयबाट ऋणी कोट भैरव सुनचाँदी गहना पसलका सञ्चालक छत्र बहादुर सुनारको जग्गा बिक्री गर्ने भएको हो । बैंकले सुनारको नाममा रहेको दिपायल सिलगढी नगरपालिका ४ मा रहेको २७४.२४ वर्गमिटर क्षेत्रफलमा रहेको घरजग्गा बिक्रीमा राखेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *