यसपटकको राष्ट्रपति निर्वाचनमा ८८१ जना मतदाताको नामावली समावेश

काठमाडौं । राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहने भएका छन् । निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा ८८१ जनाको नामावली समावेश गरेको छ ।

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पटकको राष्ट्रपति निर्वाचनमा तीन जना मतदाता कम हुनसक्नेछन् । त्यसका लागि आधिकारी सुचनाका लागि निर्वाचन आयोगले बुधबार निर्णय गर्ने बताएका छन् ।

प्रतिनिधिसभाका २७५ मध्ये चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएका र मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा परेका परेका छन भने अर्का अर्का एक जना मतदाताको विषयमा आयोगले निर्णय गर्न बाँकी छ ।

महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी कोइरीले मतदान गर्न पाउने वा नपाउने भन्ने विषयमा निर्वाचन आयोग निर्णयमा पुगेको छैन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *