संचारमन्त्री रेखा शर्मा र मेयर बालेन्द्र शाहबीच भेटवार्ता
काठमाडौँ । सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच आज (आइतबार) भेटवार्ता भएको छ । उक्त भेटमा विषेश गरी काठमाडौँ महानगरपालिकाभित्र रहेका अव्यवस्थीत तारहरुलाई कसरी व्यवस्थीत गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । अव्यवस्थित तारले शहरको सुन्दरता नै घटाएको हुँदा, त्यसलाई कसरी नियमन गर्दै व्यवस्थित गर्ने सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
त्यसलाई व्यवस्थित गर्नलार्इ कारवाहिको दायरासम्म ल्याउनु पर्ने विषयमा उनिहरु बीच छलफल भएको छ । मन्त्री शर्माले यसलाई नियमन गर्ने ऐन बनिरहेको र त्यसलाई चाँडै समितिमा पठाउने बताएकी छन् । त्यसअघि हाल मौजुदा कानुन र श्रोत साधनलाई प्रयोग गरि मन्त्रालयको संयोजनमा सरोकारवालाहरु सँग छलफल गरेर तत्कालै तारलाई कसरी व्यवस्तीत गरेर शहरको सुन्दरता बढाउने भन्ने विषयमा कुरा भएको छ ।
जनताले पाउने सहि सूचनाको हक सूनिश्चिता हुनु पर्यो र व्यापक रुपमा बढिरहेको फेक न्युजलाइ कसरी मनिटर गर्ने विषयलाई लिएर पत्रपत्रिका, टेलिभिजन, रेडियो, सामाजिक संजाल, यूट्यूबलाई व्यवस्थित गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । यसरी राज्यको मातहतमा नअएको कर पनि संकलन गर्न सकिने कुरा भएको थियो ।
साथै, गुगल, फेसबुक, टुइटर, यूट्यूब लगायतका संजालहरुको कार्यालय भवन बनाउने विषयमा पनि छलफल भएको छ । उनिहरु बीच राज्यसँग भएको डाटालाई कसरी सुरक्षीत गर्न सकिन्छ भन्ने पनि कुरा भएको थियो ।