सरकार छाड्ने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ। एमालेको आजको सचिवालय बैठकले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए।
अघिल्लो सचिवालय बैठकमा सरकारबाट नबाहिरिने निर्णय गरेको एमालेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झन् चिढ्याउँदै गएका थिए।
उनले हिजो परराष्ट्रमन्त्री डाक्टर विमला पौड्याल राईलाई स्वीट्जरल्याण्ड भ्रमण रोकेर पूर्व-कानुनमन्त्री गोविन्दप्रसाद कोइरालालाई पठाएका छन् ।