मलेसियामाथि नेपालको १० विकेटको जित
काठमाडौँ । युएईमा जारी आईसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले मलेसियालाई १० विकेटले पराजति गरेको छ ।
मलेसियाले दिएको ७३ रनको लक्ष्य पछाएको नेपालले ९ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको हो ।
नेपालका लागि दीपक बोहोराले ३८ र अर्जुन कुमालले अविजित २१ रन बनाए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसिया ३५.३ ओभरमा अल आउट हुदै ७२ रन मात्र बनाएको थियो ।
मलेसियाका लागि मुहमद अक्रमले सर्बाधिक २६ रन बनाए भने मोहमद हैरिल र मुहमद सियाहीरले १२-१२ रन बनाएका थिए । त्यसबाहेक मलेसियाका अन्य ब्याट्सम्यान;ले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा दिपेस कँडेलले सर्बाधिक ४ विकेट लिए भने आकश चन्दले ३, मिलन बोहोराले २ र सुबास भण्डारीले एक विकेट लिएका थिए ।
यो जितपछि नेपालले लगातर चौथो खेल जितेको छ । नेपालले फागुन १८ (मार्च २) मा युएईसँग खेल्ने तालिका रहेको छ । यो खेलनै विश्वकप छनौटका लागि निर्णयाक खेल हुने भएको छ ।
प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेलिरहेको छ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ । २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्नका लागि नेपालले यस प्रतियोगिताको शीर्ष स्थानमा रहनु पर्ने छ ।