नेपालमा महिला स्वास्थ्य सम्मेलन हुँदै
काठमाडौं । नेपालमा पहिलोपटक महिला स्वास्थ्य सम्मेलन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको महिला स्वास्थ्य सम्मेलन हुने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार फागुन २५ र २६ गते काठमाडौंमा उक्त सम्मेलन हुँदैछ । उक्त सम्मेलनमा महिला स्वास्थ्य अन्तर्गत १० यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, २० नसर्ने रोग, ३० बालबालिका, किशोर किशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, ४० मानवीय सहायता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र ५० पोषणको विषयमा आधारित प्रस्तुत हुने महाशाखाले जनाएको छ । सम्मेलनमा ८५ वटा कार्यपत्र र महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैह्र सरकारी संस्था, विभिन्न देशका राजदुत, लगायत विज्ञ तथा सम्बन्धित व्यक्तिहरु मध्येबाट तीन सय जना सहभागीहरुको सहभागीता रहने जनाइएको छ । महिला स्वास्थ्यका विभिन्न आयामहरुमा हासिल भएका सफलता, चुनौति एवम् अवसर, अन्वेषण, विकसित घट्नाक्रम र तथ्यांकहरुमाथि छलफल गर्नु उक्त सम्मेलनको उद्देश्य रहेको परिवार कल्याण महाशाखाले जनाएको छ ।