अमेरिकाबाट पठाएको पार्सलमा ६.९ किलो गाजा


काठमाडौं । प्रहरीले अमेरिकाबाट नेपाल पठाइएको चिठीपत्रको खामभित्र गाजा भेटेको छ । एउटा पार्सलमा साडे ४ किलो र अर्को पार्सलमा २.४ किलो बरामद गरेको नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । २१ फागुनमा अमेरिकाको लस एज्जलसबाट दुबई हुँदै काठमाडौं ल्याइएको चकलेट र बालबालिकाको खेलौना चकलेट एण्ड चाइल्ड गेम आइटम उल्लेख गरिएको पार्सलमा साढे ४ किलो गाजा भेटिएको ब्यूरोले जनाएको छन् । उक्त पार्सल बुझ्न आउने भारत गुजरातका ३० वर्षका निमेश अशोक भाइ दयानी र सर्लाहीको हरिहरपुर नगरपालिका ३ का फैज आलम पक्राउ परेका ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । प्रहरीले भारतीय नागरिक निमेशको साथबाट १ लाख ४० हजार भारु र सर्लाहीका फैज आलमको साथबाट ८० हजार रुपैयाँ पनि बरामद गरेको छ । त्यस्तै अमेरिकाको क्यालिफोर्नियाबाट दुबई हुँदै आएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटम उल्लेख गरेको पार्सलमा पनि प्रहरीले २.४ किलोग्राम गाँजा भेटेको छ । उक्त पार्सल रिसिभ गर्ने व्यक्ति गोरखाको गण्डकी गाउँपालिका ४ का २३ वर्षका रुपक अर्याललाई पक्राउ गरिएको ब्यूरोका एसपी जोशीले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *