नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २ लाख कित्ता सेयर बेच्दै


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरु र तत्कालिन मेगा बैंकका संस्थापक सेयरधनीहरुको नाममा रहेको गरी कूल २ लाख ७ सय ७६ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले विद्यमान संस्थापक सेयरधनी रत्न बहादुर थापाको नाममा रहेको २७ हजार ६ सय ८९ कित्ता, जगदिशलाल बैद्यको १३ हजार १ सय ९८ कित्ता र शान्ता कुमारी पोखरेलको १३ हजार ८ सय ४६ कित्ता गरी कूल ५४ हजार ७ सय ३३ कित्ता सेयर बिक्री गर्ने जनाएको छ । बैंकले रत्न बहादुर थापाको नाममा रहेको सेयर सिता थापाले खरिद गर्ने भएकी छिन् । यस्तै, जगदिशलाल बैद्यको नाममा रहेको सेयर निरजलाल बैद्य र सरोज बैद्यले समान ६ हजार ५ सय ९९ कित्ता सेयर खरिद गर्ने भएका हुन् । यस्तै, शान्ता कुमारी पोखरेलको नाममा रहेको सेयर जगदिशचन्द्र पोखरेलले खरिद गर्ने बैंकले जनाएको छ । यस्तै, तत्कालिन मेगा बैंकका संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ४६ हजार ४३ कित्ता सेयर पनि बिक्रीमा राखेको छ । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले पनि खरिद गर्न पाउनेछन् । यसअघि बैंकले संस्थापक सेयरधनीहरुलाई बिक्रीमा राखेको भएपनि आवेदन नपरेपछि सर्वसाधारण लगानीकर्ताले ७ दिन भित्र आवेदन दिनुपर्नेछ । संस्थापक सेयरधनी बुधराज भुजेलको नाममा रहेको १६ हजार ९ सय ३१ कित्ता, रोशन श्रेष्ठको १३ हजार ६ सय ३० कित्ता, हरिहर उप्रेतीको ५ हजार कित्ता, परशुराम रिजालको ३६ हजार ५० कित्ता, चिज कुमारी गुरूङ्को २ हजार ५ सय ९७ कित्ता, हरि प्रसाद अर्यालको ४२ हजार २ सय ५० सय कित्ता र गणेश कार्कीको २९ हजार ५ सय ८५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *