सन नेपालले बीमितलाई ७५ रुपैयाँसम्म बोनस दिने


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८।७९ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट फागुन १६ गते स्वीकृत भएपछि बीमितलाई दिइने बोनस दर सार्वजनिक गरेको हो । त्यस अनुसार २०७९ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।
कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको सनलाइफ सावधिक जीवन बीमा लेख, भाग्योदय जीवन बीमालेख एकल भुक्तानी सावधिक, बाल समृद्ध जीवन बीमालेख बालवालिकाको सावधिक जीवन बीमा र सुनौलो सावधिक जीवन बीमा लेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन । यस्तै कम्पनीले नवीन आजीवन बीमालेख सावधिक तथा आजीवनमा बीमा अवधिको आधारमा न्युनतम ३८ रुपैयाँ देखि ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *