एनआरटीलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब तेस्रो स्थानमा उक्लियो


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले न्युरोड टिम एनआरटीलाई ३ १ ले पराजित गरेको छ ।
लगातार चौथो खेलसम्म अपराजित मनाङ सिजनको दोस्रो जितपछि अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ । दशरथ रंगशालमा भएको खेलमा मनाङ लागि दुई विदेशी खेलाडीले गोल गरे । रोशन राना मगरले ३९औं मिनेटमा गोल गर्दै मनाङलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । सायीदजमोल दाभ्लातजोनोभले ६८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । कोफी टिमोथी कोउडोले ८७औं मिनेटमा गोल गरेपछि मनाङले ३ ० को अग्रता बनाएको थियो । जारी लिगमा रोशन र साउदी जमोलको यो दोस्रो गोल हो भने टिमोथीले पहिलो गोल गरेका हुन् ।

एनआरटीका लागि अशोक थापाले इन्जुरी टाइममा एक गोल फर्काए । जितछि चार खेलबाट ८ अंक जोड्दै मनाङ तेस्रो स्थानमा उक्लेको छ र उसले शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड र दोस्रो स्थानको सातदोबाटो युथ क्लबसँग अंकदूरी १ मा झारेको छ । यस सिजन चौथो चरणको खेल सकिँदा चर्च ब्वाइज र मनाङ मात्र अपराजित छन् । यसअघि तीन खेलमा जम्मा दुई गोल मात्र गरेको मनाङले एनआरटीविरुद्ध तीन गोल गरेको हो । पहिलो खेलमा हिमालयन शेर्पासँग १ १ को बराबरी खेलेको मनाङले दोस्रो खेलमा संकटालाई १ ० ले पराजित गरेको थियो भने तेस्रो खेलमा मछिन्द्र एफसीसँग गोलरहित बराबरी खेलेको थियो । तेस्रो हार बेहोरेको एनआरटीको चार खेलबाट १ अंक मात्र छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *