पत्रकार र सञ्चार संस्थाका लागि ‘स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना’ गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि ‘स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना’ स्थापना गर्ने घोषणा गरेका छन् ।

सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना एवं हुलदंगा एवं आतंकको बीमा साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि कोष स्थापना गर्ने उनले जानकारी दिए ।

प्रचण्डले आमसञ्चारमाध्यमलाई सम्बन्धित भूगोलमा बसोवास गर्ने जनसंख्याप्रति लक्षित गरी राष्ट्रिय, प्रादेशिक वा स्थानीय गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चारमाध्यम तथा स्वरोजगार साना, मझौला र ठूला लगानीका आधारमा वर्गीकरण गरी सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्रीले प्रेस सम्बन्धी आवश्यक कानूनहरुको निर्माण र अधिकार प्रत्यायोजनको व्यवस्थित प्रारुप तयार गर्ने जिम्मेवारीलाई गम्भीरपूर्वक लिँदै नीतिगत र कानूनी रुपमा देखिएका समस्या र उल्झनहरु सुल्झाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *