नेपाली स्कूटरको मूल्य बढाउन विदेशी स्कूटरको दवाव


काठमाडौं । नेपालमै उत्पादन हुने तयारीमा रहेको विद्युतीय स्कूटर ग्रन्थको मूल्य बढाउन विदेशी उत्पादक तथा तिनका वितरकले दवाव दिएका छन् । नेपाली बजारमा रहेका विदेशमा उत्पादिन स्कूटर कम्पनीहरूले ग्रन्थ ईभीको मूल्य कम भएको र त्यसलाई बढाउन दबाब दिएका उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुजन ढुंगेलले बताएका छन् । अन्य भन्दा सस्तो मूल्यमा गुणस्तरीय विद्युतीय स्कूटर उत्पादन गर्ने तयारीमा रहेको ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि वैशाखदेखि ग्रन्थ ईभी नेपालमै उत्पादन गर्ने गरी काम अगाडि बढाएको छ । तर काम अन्तिम चरणमा पुग्दा स्कूटरको मूल्य बढाउन ठूला कम्पनीले नै दबाब दिन थालेको ढुंगेलले जानकारी दिए । ग्रन्थ ईभीले साढे २ लाखदेखि ३ लाख रूपैयाँमा उच्चस्तरीय सुविधासहितको विद्युतीय स्कुटर प्रदान गर्ने जनाएको छ । ‘साढे २ लाखदेखि ३ लाख रूपैयाँमा विद्युतीय स्कुटर दिने तयारी गरेका छौं,’ कम्पनीले विज्ञप्तीमा भनेको छ, ‘तर बजारमा उपलब्ध अन्य स्कूटर बिक्री गर्ने कम्पनीले आफ्नो जत्तिकै मूल्य राख्न दबाब दिएका छन् । यसरी दवाव दिन कम्पनीहरूको नाम भने ग्रन्थ इभीले उल्लेख गरेको छैन । यदी आफ्नो स्कूटरहरूको मूल्य अनुसार ग्रन्थ ईभीको मूल्य नराखे उद्योगमा गार्‍हो हुने भन्दै घुमाउरो पारामा घम्की दिइरहेको ढुंगेलले बताए । विशेष गरी बैंकमा सञ्चालक रहेका व्यक्तिको स्कूटर कम्पनीबाटै दबाब आएको छ । बजारमा उपलब्ध अन्य स्कूटर भन्दा ग्रन्थ ईभी १ लाख सस्तो रहेको कम्पनीको भनाइ छ ।
ग्रन्थ ईभीको स्कूटरको विशेषता
ग्रन्थले बनाउने विद्युतीय स्कूटरमा साइड ड्राइभ मोटर प्रयोग गरिएको छ । यो मोटरका कारण उकालो ओरालोमा स्कूटर सजिलै गुडाउन सकिन्छ ।
राम्रो र पावरफुल परपर्मेन्स पनि हुन्छ । पर्मानेन्ट म्यागनेट सिङ्क्रोनाइजेसन मोटर प्रविधिमा आधारित साइड ड्राइभ मोटर प्रविधि टेस्लाले समेत प्रयोग गर्ने गरेको ढुंगेलले बताउँछन् । अरू स्कूटरमा सामान्यतया हब मोटर प्रयोग गरिएको हुन्छ । यो प्लेन एरिया गुड्न सजिलो सक्छ तर उकालो, ओरालोमा राम्रोसँग गुड्न सक्दैन् । कम्पनीको स्कूटरमा लिथिमय आइरन फस्पेट ब्याट्रि प्रयोग गरिएको छ । यो ब्याट्रीले रेञ्ज बढी दिन्छ । ब्याट्री र मोटरमा ३ वर्ष वारेन्टी पाइने छ । ४ देखि साढे ४ घण्टामा उक्त स्कूटर फुल चार्ज हुनेछ भने अधिकतम रेञ्ज ११० किलोमिटर दिनेछ । यसमा ब्याट्री ब्रेक रिजेनेरेटेड सिस्टम प्रयोग गरिएको छ । यसले गर्दा ब्रेक हान्दा खर्च भएको शक्तिले फेरि ब्याट्रीमा आएर रिचार्ज हुन्छ, जसले गर्दा रेञ्ज बढी दिनेछ । स्कूटरमा फास्ट चार्जर प्रविधि पनि राखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *