लक्ष्मी बैंकले ५ जिल्लाका २२ वटा घरजग्गा बेच्दै
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकको नाममा मालपोत कार्यालय दमक झापा, ईलाम, धरान सुनसरी, ललितपुर र नेपालगञ्ज बाँकेमा दर्ता कायम रहेका २२ वटा कित्ता नम्बरमा रहेका जग्गा बिक्री गर्ने भएको हो । बैंकले झापाको साविक शिवगञ्ज ७ स्थित कित्ता नम्बर १७७७९ को क्षेत्रफल ० १५ १७.१.४ जग्गा, ईलाम नगरपालिका ३ स्थित कित्ता नम्बर २०२४ र २१२४ को क्षेत्रफल क्रमशः ० ८ ३ २ र ० ७ ० २ को जग्गा, साविक धरान नगरपालिका १ स्थित कित्ता नम्बर २२४ को क्षेत्रफल ०–०–१२ को घरजग्गा बिक्रीमा राखेको हो ।
यस्तै, साविक ललितपुर नगरपालिका ३ स्थित कित्ता नम्बर २१११, २१२२, २१२१, २१२८, २१२४, २११३, २१२३, २१२५, २११४, २१२७, २११२, २१२६, २१३० र २१२९ को क्षेत्रफल क्रमशः ० ३ १ ०, ० १ ० २, ०२ ० २, ० ० १ २, ० ३ ० ०, ० ३ २ ०, ० १ ० १, ० ० १ २, ० ३ ० ०, ० १ ३ ३, ० ३ ३ ०, ० १ ३ ३, ० ३ २ ३ र ० ३ १ २ जग्गा बिक्री गर्ने भएको हो । यस्तै, साविक सितापुर गाविस ३ स्थित कित्ता नम्बर ५९०, ५७४, ५२३ र ५२५ को क्षेत्रफल क्रमशः ६७७.२६, ६७७.२६, ४७० र १६०० वर्ग मिटर जग्गा र सो जग्गामा बनेका घरहरु बिक्री गर्ने भएको हो । उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्म,कम्पनी तथा संघ संस्थाहरुले चैत २० गतेसम्म सम्बन्धित शाखामा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ ।