लुम्बिनी विकासको बोनस सेयरधनीको खातामा
काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीहरूको खातामा बोनस सेयर जम्मा गरेको छ । बैंकले सेयरधनीहरुको हितग्राही खातामा ३ प्रतिशत लाभांश जम्मा गरेको जनाएको छ । बैंकको पुस २६ गते सम्पन्न १५औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरूलाई ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । बैंकले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल रहेको छ ।