आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा
काठमाण्डौं । सेतो मछिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदैछ। पहिलो दिन बुधबार अपराह्न ४ बजे मछिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा हुनेछ। त्यसपछि साँझ ५ बजेदेखि साढे ६ बजेसम्म जमल, रत्नपार्क भोटाहिटी हुँदै असन पुग्नेछ। चैत्र १६ गते ५ बजेदेखि ६ः३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका पुर्याइन्छ। भोलि बिहान ४ बजेदेखी ६ः३० बजेसम्म हनुमानढोकाबाट चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन पुर्याइनेछ। चैत्र १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा गराइनेछ । चैत्र १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं,यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म हुनेछ ।