नेपाल लाइफले काठमाडौंमा अभिकर्तालाई दियो तालिम


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको कार्यक्रममा करिव ४०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो । अभिकर्ताहरुको क्षमताको विकास कम्पनीको केन्द्रविन्दुमा रहेको र यसैलाई मूर्त रुप प्रदान गर्न अन्तराष्ट्रिय ख्याती प्राप्त प्रशिक्षक ल्याई कार्यक्रम आयोजना गरेको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले बताए । ‘किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपुर्ण भूमिका खेल्नेमा म विस्वस्त छु ।कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सभिसिङ्ग विभागका प्रमुख सुनिता पोखरेल, प्रदेश प्रमुखहरु सपुत चन्द्र खनाल, पुर्षोत्तम सापकोटा लगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झाले प्रशिक्षण दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *