हिमालयन बैंकको दुई बचत खातामा १० लाखको दुर्घटना बीमा


काठमाडौं । हिमालयन बैंकले दुई बचत खातामा भएको दुर्घटना मृत्यु बीमाको सीमा रकम बढाएको छ । बैंकले नारी बचत खाता र विशेष तलबी खातामा भएको बीमाको सीमा रकम बढाएको छ । बैंकले दुर्घटना बीमाको सीमा रकम ५ लाखबाट बढाएर १० लाख पुर्याएको छ । बैंकले नारी वचत खाता नारीहरुको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा र विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आवद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको छ । १० लाखसम्मको दुर्घटना मृत्यु बीमा बाहेक पनि नारी वचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बैंकिङ्ग सेवाहरुमा २५ प्रतिशतसम्म छुट रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *