करोडपति भए पनि ३१ लाख चन्दा उठाएर चुनाव लड्छु भन्ने स्वर्णिमबाट किन धेरै आश राख्नु ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ २ मा उम्मेदवार बनेका स्वर्णिम वाग्लेले ३१ लाख चन्दा उठाउने लक्ष्य लिएका छन् । करोडपति भए पनि आफूलाई चुनाव लड्न पैसा आवश्यक परेको भन्दै उनले मंगलबार काठमाडौंमा सानिमा बैंकमा खाता खोलेका छन् । ३१ लाख रुपैयाँ चन्दा उठ्नेवित्तिकै खाता बन्द गर्ने उनको भनाइ छ ।

स्वर्णिम लामो समय अमेरिकामा बसेर युएनमा जागिर खाएर पेन्सन पकाएका व्यक्ति हुन् । काठमाडौंको बुढानिलकण्ठ स्कुलमा छात्रवृत्तिमा बढेर अमेरिकामा अर्थशास्त्रमा पिएचडी गरेका वाग्लेले छोरा पुस्तालाई पुग्ने गरी पैसा कमाएका छन् । तर, चुनाव लड्नुपर्दा भिखारीको शैलीमा चन्दा उठाउन थालेका छन् ।

वाग्ले करोडपति र टाइसुटमा हिँड्ने भए पनि जनताको आँखामा छारो हाल्न गरिब र विपन्न भनेर प्रचार गर्न थालिएको छ । यो प्रवृत्तिको सुरुवात उज्ज्वल थापा, रवीन्द्र मिश्र, रवि लामिछानेहरूले गरेका हुन् । करोडौं रुपैयाँ आफूसँग भए पनि चन्दा उठाएर चुनाव जित्ने लक्ष्य लिएकाबाट देश बन्छ भनेर विश्वास गर्नु भनेको दास चरित्र हो । हिजो चन्दा उठाएर समाजसेवा गर्छु भनेका सीताराम कट्टेल र कुञ्जना घिमिरेले बीचमै रंगशाला निर्माणबाट हात झिके ।

जुन रंगशाला अहिले सरकारले बनाउने भनेर घोषणा गरिसकेको छ । अर्बौको प्रोजेक्ट चन्दा उठाएरै बनाउँछु भन्ने धुर्मुस सुन्तली र ३१ लाख चन्दा उठेमा तनहुँ २ बाट चुनाव जित्छु भन्ने स्वर्णिम एउटै चरित्र भएका व्यक्ति हुन् । यिनीहरूबाट देश बन्दैन भन्ने आमजनताले पहिले नै बुझ्नुपर्छ ।

हिजो अरुलाई गाली गरेर, भिन्न शैलीको राजनीति गर्छु भनेर आएका रवि लामिछाने अहिले तिनै नो नट अगेन भनिएका एमाले, माओवादी नेताको गोडा मोल्ने अवस्थामा पुगेका छन् । तिनै लामिछानेको मातहतमा रहेर राजनीति गर्छु भन्ने स्वर्णिम पनि हाईहाईको राजनीतिमै लागेकाले यिनबाट कुनै परिवर्तन होला भन्ने धेरैलाई विश्वास छैन । तर पनि एउटा वर्ग तिनै अरुलाई गाली गरेर राजनीति गर्न माहिर रविको प्रशस्ती गाउन लागिपरेका छन् ।

तिनैबाट परिवर्तनको अपेक्षा गरेका छन् । देश र श्रीमती फेर्ने बानी परेकाले परिवर्तन गर्छु भन्दा उनकै भाषणमा ताली ठोक्नेकै कारण देश उँभो होइन, उँधो गतिमा लाग्ने निश्चित छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *