उद्योग वाणिज्य महासंघको मतगणना स्थगित

काठमाडौं । उद्योग वाणिज्य महासंघको महासंघको मतपत्रमा भएको विवादका कारण मतगणना स्थगित भएको छ ।

वरिष्ठ उपाध्यक्षको मतगणनामा मत पत्र सदर वा बदर भन्ने विषयमा विवादको अवस्था सिर्जना भएपछि मतदान स्थगित भएको हो । विवादअघि १२ सय मत गणनामध्ये रामचन्द्र संघाईले ४ सय ५२ मत ल्याएका छन् भने अन्जन श्रेष्ठले ४ सय १७ र उमेशलाल श्रेष्ठले ३ सय १७ मत प्राप्त गरेका छन् ।
महासंघमा एशोसिएटतर्फको कुल मत ३० प्रतिशत हो । यस्तै जिल्ला नगर ५० र बस्तुगत गरेर २० प्रतिशत कुल मतभर हुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *