उपनिर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपतिद्वारा स्वीकृती
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् । प्रवक्ता आचार्यका अनुसार उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा कार्य योजना, २०७९, सेना परिचालनसम्बन्धी व्यवस्था रहेको छ । सोही अनुसार राष्ट्रपतिले स्वीकृती प्रदान गरेका हुन् । राष्ट्रिय सुरक्षा परिषद्को चैत २८ को सिफारिस अनुसार प्रधानमन्त्रीले चैत्र ३० गते २०८० बैशाख १० गते बारा २, चितवन २ र तनहुँ १ मा हुँने उपचुनावमा सेना परिचालनका लागि स्वीकृती प्रदान गर्न पत्र पठाएका थिए ।