एमाले अध्यक्ष ओली विमारी, चितवन जाने कार्यक्रम रद्द
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि चितवन जाने कार्यक्रम रद्द भएको छ । चितवन २ मा हुन लागेको उपचिर्वाचनको क्रममा एमाले उम्मेद्वारको पक्षमा मत माग्न अध्यक्ष ओली आगामी बैशाख ६ गते चितवन जाने कार्यक्रम तय भएको थियो । अध्यक्ष ओलीले आफू अस्वस्थ भएर घरमा आराम गरिरहेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन्।
अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको सन्देश जस्ताको तस्तैः
सबैलाई नमस्कार १
भाईरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागि हुन सकिरहेको छैन । तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं । तपाईंहरुको प्रतिनिधित्वका लागि उहाँहरु योग्य उम्मेदवार हुनुहुन्छ । उहाँहरुलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाताहरु समक्ष म विनम्र आग्रह गर्दछु । स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरुलाई भेट्न आउने नै छु । तीनैजना उम्मेदवाारहरुलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु ।