८ महीनामा वाणिज्य बैंकहरूले कमाए रू. ४८ अर्ब ८३ करोडभन्दा बढी नाफा
काठमाडौं । चालू आवको आठ महीना (साउन–फागुन)मा २१ वाणिज्य बैंक (Commercial Bank) हरूले कुल रू. ४८ अर्ब ८३ करोड नाफा (Profit) कमाएका छन् । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाइएको हो । माघ मसान्तसम्ममा यी वाणिज्य बैंकहरूले रू. ४१ अर्ब ३ करोड नाफा कमाएका थिए ।
वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक (Nabil Bank) छ । उसले आठ महीनामा रू. ५ अर्ब ३२ करोड नाफा कमाएको छ । नबिलपछि ग्लोबल आइएमई र एनआईसी एशिया बैंकले ४ अर्बभन्दा बढी नाफा कमाएका छन् । ग्लोबल आइएमईले रू. ४ अर्ब ३७ करोड र एनआईसी एशियाले रू. ४ अर्ब ५ करोड नाफा आर्जन गरेको छ । त्यसैगरी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले रू. ३ अर्ब ३६ करोड नाफा कमाएको छ ।
त्यस्तै २१ वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम नाफा कमाउनेमा कृषि विकास बैंक छ । उसले समीक्षा अवधिमा रू. ४१ करोड १२ लाख नाफा कमाएको हो । त्यस्तै सनराइज बैंकले रू. १ अर्ब ८ करोड नाफा कमाएको छ ।
