रविले भने– चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउनुहोला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो ड्राइभर अस्पतालको शैयामा संघर्ष गरिरहेकाले सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउन आग्रह गरेका छन् । सोमबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो बेला स्तरहीन बनेर राजनीतिकरण नगर्न आग्रह गरेका हुन् ।

उनले आफ्नो गाडी चालक शम्भु थापा अस्पतालको शैयामा संघर्ष गरिरहेकाले उसका लागि प्रार्थना गरिदिन भन्दै स्वास्थ्यलाभको कामना गरिदिन र यस्तो संवेदनशील घडिमा मौका नछोप्न उनले चेतावनी पनि दिएका छन् ।

रविले लेखेका छन्, ‘आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छत बाट खसेर दुर्घटनामा पर्नु भयो । सीएमसीमा उहाँ उपचाररत हुनुहुन्छ । बिहानै देखि निरन्तर र भरखरैपनि मैले चिकित्सक सँग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारीएको छ, स्थिर छ ।

प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला यो भन्दा धेरै म सँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आँशु आउँछन्। बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउनु होला। स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला। सक्नु हुन्छ भने मलाई सहने शक्ति मात्रै दिनुहोला।

मेरो सहयोगी, मेरो साथी,मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसकालागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनुहोला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *