डा. झा भारतको प्रसिद्ध जर्नल ‘आइडोज’ को पेपर रिभ्युअरमा छनोट

काठमाडौं । नेपालका प्रसिद्ध छाला, यौनरोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. प्रशन्नकुमार झा भारतको प्रसिद्ध इन्डियन डर्माटोलोजी अनलाइन जर्नल आइडोजको पेपर रिभ्युअरमा छनोट भएका छन् ।

एकेडेमिक स्तर राम्रो भएका झाको आर्टिकलहरु रिभ्युका लागि शैक्षिक उत्कृष्टता र विवेकको सम्मान गर्ने भन्दै रिभ्युअरहरुको टोलीमा सामेल हुन आमन्त्रित गरेको आइडोजले पठाएको पत्रमा उल्लेख छ । जर्नलका एडिटर इन चिफ प्रोफेसर डा. के ए सीतारामले पत्र लेख्दै उनलाई अनुरोध गरेका हुन् । नेपालबाट छनोट हुने उनी पहिलो डाक्टर हुन् ।

झाले काठमाडौं मेडिकल कलेज (केएमसी) बाट एमबीबीएस, भारतको वनारस हिन्दू विश्वविद्यालय (बीएचयू) बाट क्लिनिकल डर्माटोलोजीमा तीन वर्षे एमडी र जर्मनीको ‘फेलोसिप इन एस्थेटिक मेडिसिन’ (फाम)को कोर्स पूरा गरेका छन् । उनका विश्वका विभिन्न प्रसिद्ध जर्नलमा १० वटाभन्दा बढी आर्टिकल प्रकाशित भइसकेका छन् ।

झा इन्डियन सोसाइटी अफ एस्थेटिक मेडिसिन र इन्डियन इन्स्टिच्युट अफ लेजर एन्ड एस्थेटिक मेडिसिनका आजीवन सदस्यसमेत छन् । आफूलाई आइडोजले पेपर रिभ्युअरमा छनोट गरेपछि खुसी व्यक्त गर्दै झाले यो नेपाल र नेपाली डाक्टरका लागि महत्वपूर्ण उपलब्धि रहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *