कतारलाई हराउदै ओमानको विजयी शुरुवात

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विजयी शुरुवात गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा ओमानले कतारलाई ४० रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

ओमानले दिएको २५० रनको लक्ष्य पछाएको कतारले ४७.१ ओभरमा अल आउट हुदै २०९ रन बनाएको हो ।

कतारका लागि कप्तान मोहमद रिजलानले ४३ रन बनाए भने खुरम शाहजादले ३०, इमाल लियानागेले २७, इक्रामुल्लाहले २६ रन बनाएका थिए ।

त्यस्तै ओमानका बलर बिलाल खानले ४ विकेट लिए भने जय ओडेड्रा र अकिब इल्यासले २-२ तथा जीशम मक्सुदले एक विकेट लिएका थिए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै ओमानले ५० ओभरमा ८ विकेट गुमाउदै २४९ रन बनाएको थियो ।

ओमानका लागि आयान खानले अविजित ६४ रन बनाएका थिए भने कप्तान जीशान मक्सूदले ४१ रन बनाएका थिए । त्यस्तै सन्दिप गोउदले ३४, कश्यप प्रजापति र मोहमद नदीमले १८-१ रनको योगदान दिएका थिए भने अकिब लियासले १७ तथा जतिन्दर सिंह र आदील शफिकले १६-१६ रन बनाएका थिए ।

त्यस्तैगरी कतारका बलर मुहमद मुराद र अमिर फारुकले ३-३ विकेट लिए भने इक्रामुल्लाह खानले २ विकेट लिएका थिए ।

यो जितपछि अब ओमानले अर्को खेल आगामी शुक्रबार आयोजक नेपालसँग खेल्ने छ भने कतारले शनिबार साउदी अरेबियासँग खेल्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *