पोखराको ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु


पोखरा महानगरपालिका–३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा फोहोर पुर्ने डोजरले च्यापिएर चालकको मृत्यु भएको छ । फोहोर पुर्न प्रगोग गरिएको ग १ ग १३४ नम्बरको डोजरले किचेर बिहीबार साँझ चालक ६० वर्षीय मुसाफिर दास तत्माको मृत्यु भएको हो । फोहोर व्यवस्थापन शाखाका कर्मचारी हर्क गायकका अनुसार फोहोर पुर्न डोजर चालु अवस्थामा राखेर चालक तत्मा डोजर अगाडि पुगेका थिए । स्टार्ट भइराखेको डोजर अगाडि बढ्दा चालकलाई पेलेको आफूले जानकारी पाएको गायकले बताए । लामेआहालमा थुपारिएको फोहोर पुर्ने काम चालक तत्काल गर्दै आएका थिए ।

चालक २ वर्षअघि महानगरबाटै अवकाश पाएका चालक हुन् । तर, फोहोर पुर्ने अर्को चालक नपाउँदा उनैलाई करारमा राखिएको थियो । ‘घटनाबारे बुझ्न टोली घटनास्थलमा खटिएको छ’ फोहोर व्यवस्थापन शाखाका कर्मचारी गायकले भने, ‘उनी अनुभवी चालक थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *