‘आईएमई पे’ मा पहिलो पटक क्यूआर भुक्त्तानी गर्नेलाई २५ रुपैयाँ क्यासब्याक
काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आईएमई पे’ ले पहिलो पटक क्यूआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ‘आईएमई पे’ बाट पहिलो पटक क्यूआर कोड स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकले ‘फर्स्ट क्यूआर’ प्रोमोकोड प्रयोग गरी २५ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।विद्युतीय भुक्त्तानी गर्न प्रोत्साहन गर्न र साथै वित्तीय साक्षरता प्रदान गर्ने उदेश्यले यस्तो योजना सुरु गरिएको ‘आईएमई पे’ ले जनाएको छ ।