चितवन-२ अपडेट: तीन वडाको गणना सकिदा लामिछानेको अग्रता कायमै
चितवन । चितवन-२ मा उपनिर्वाचनको मतगणनाको परिणाम आउनेक्रम शुरु भएको छ ।
इच्छाकामना गाउँपालिकाको वडा नम्बर १, २ र ३ को मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता हासिल गरेका छन् ।
पछिल्लो अपडेट अनुसार लामिछानेले १४९२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले ११३३ मत प्राप्त गरेका छन् काँग्रेसका जीतनारायण श्रेष्ठले ७९५ मत प्राप्त गरेका छन् ।
चितवन- २ मा १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा निर्वाचन आयोगले उपनिर्वाचनमा ६२.७७ प्रतिशत मत खसेको जानकारी दिएको छ ।

















