चितवन- २ अपडेट: लामिछाने १४५० मतान्तरले अगाडी

चितवन । चितवन-२ मा उपनिर्वाचनको मतगणनाको परिणाम आउनेक्रम शुरु भएको छ ।

इच्छाकामना गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ । अहिलेसम्मको मत गणना अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने १४५० मतान्तरले अगाडी रहेका छन् ।

पछिल्लो अपडेट अनुसार लामिछानेले ३१६६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले १७१६ मत प्राप्त गरेका छन् भने काँग्रेसका जीतनारायण श्रेष्ठले १२४१ मत प्राप्त गरेका छन् ।

चितवन- २ मा १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा निर्वाचन आयोगले उपनिर्वाचनमा ६२.७७ प्रतिशत मत खसेको जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *