परराष्ट्रमन्त्री र जापानका राजदूतबीच भेट, साउदलाई विदेशमन्त्रीले दिए बधाइ

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि जापानका राजदूत किकुता यूताकाबीच भेट भएको छ।

राजदूत यूताका परराष्ट्रमन्त्री साउदलाई भेट्न बुधबार परराष्ट्र मन्त्रालय पुगेका थिए। भेटका क्रममा नेपालका लागि जापानका राजदूत यूताकाले जापानका विदेशमन्त्री हायासी योशिमासाले पठाएको बधाइ सन्देश परराष्ट्रमन्त्री साउदलाई दिएका थिए।

भेटका क्रममा उनीहरुबीच नेपाल-जापान सम्बन्ध, आपसी सहयोगलगायत विषयमा छलफल भएको नेपालस्थित जापानी दूतावासले जनाएको छ।

परराष्ट्रमन्त्री साउदले नेपालको आर्थिक-सामाजिक विकाशका लागि जापानले गर्दै आएको सहयोगको प्रशंसा गरेका थिए। परराष्ट्रमन्त्री साउदले नेपालको विकासका लागि जापान महत्वपूर्ण साझेदार मुलुक भएको बताए।

राजदूत यूताकाले नेपाल-जापान सम्बन्धको एतिहासिक पक्षबारे छलफल गरेका थिए। राजदूत यूताकाले सन् २०१५ मा गएको शक्तिशाली भूकम्पपछिको विनासबाट पुःनस्थापित हुँदै गएको प्रति खुसी व्यक्त गरेका थिए। राजदूतले विपद् व्यवस्थापनका बारेमा चेताना फैलाउनु पर्नेमा जोड दिँदै त्यसबारे जापानले समेत आफ्ना अनुभवहरू बाँड्ने बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *