कामना सेवा विकास बैंकको सीईओमा थकाली


काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिृकत सीईओमा दिनेश थकाली बनेका छन् । हाल प्रभु बैंकमा प्रमुख ब्यापार अधिकृतका रुपमा कार्यरत थकाली कामना सेवा विकास बैंकको सीईओ बनेका हुन् । कामना सेवा विकास बैंकको सञ्चालक समितिले बैंकको सीईओका लागि आन्तरिक रुपमा व्यवसायिक योजना तथा रणनीतिहित माग गरेको थियो । थकालीले पनि आफु छनोट भएको बताएका छन् ।

उनले प्रभु बैंकमा राजीनामा दिएर स्वीकृत पनि भइसकेको बताए । ‘प्रभु बैंकमा राजीनामा दिएर स्वीकृत पनि भइसकेको छ, अब बैंकभित्रका केही प्राविधिक विषयहरु व्यवस्थापन गरेर निस्कन्छु, त्यसपछि कामना सेवामा पदभार ग्रहण हुन्छ । उनले कामना सेवा विकास बैंकमा कहिले पदभार ग्रहण गर्छन् भन्ने समय भने यकिन भएको छैन । माघ १५ गतेदेखि कार्यवाहक सीईओका रुपमा चलिरहेको कामना सेवा विकास बैंक अब थकालीले हाँक्नेछन् । अहिले सो बैंकमा विनय दाहालले कार्यवाहक सीईओका रुपमा काम गरिरहेका छन् ।

थकालीले आफु रणनीतिक र योजनाबद्ध किसिमभन्दा पनि गएर मिहेनतका साथ काम गर्ने प्रकृतिको मान्छे भएको धारणा राखे । चार्टर्ड एकाउण्टेण्ट थकाली सांग्रिला डेभलपमेन्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए । त्यसपछि उनी प्रभु बैंकमा गएका थिए । उनले साढे दुई वर्ष प्रभु क्यापिटलको प्रबन्ध संचालकका रुपमा पनि काम गर्ने अवसर पाए । उनले प्रभु क्यापिटललाई माथि उकास्नका लागि ठूलो मेहेनत गरेका छन् । त्रिभुवन विश्व विद्यालयबाट बिजनेस स्टडीमा स्नातकोत्तर गरेका थकाली डेढ दशकदेखि बैंकिङमा सक्रिय छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *