एनआईबीएल एस क्यापिटल र डियरवाक अटोबिच सम्झौता


काठमाडों । एनआईबीएल एस क्यापिटल र डियरवाक अटो सर्भिसबीच सम्झौता भएको छ । सम्झौता अनुसार एनआईबीएल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा कर्पोरेट पेरोल एसआइपी मार्फत उक्त कम्पनीले लगानी गर्ने भएको हो । यस योजना अनुसार डियरवाक अटो सर्भिसका विभिन्न तहका कर्मचारीले आफुले इच्छा गरे अनुरुप मासिक रुपमा आफ्नो तलबको केहि अंश लगानी गर्न सक्नेछन् । उक्त सम्झौतामा डियरवाक अटो सर्भिसका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दबे श्रेष्ट र एनआईबीएल एस क्यापिटलको तर्फबाट कम्पनीका म्युचुअल फण्ड प्रमुख पोस्कर बस्नेतले हस्ताक्षर गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *