एमालेसँग सत्ता सहकार्यको सम्भावना छैन : कांग्रेस नेता कार्की
इनरुवा । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताएका छन्।
सडक शिलान्यासका लागि इनरुवा पुगेका उनले कांग्रेस र एमाले मिल्ने आकलनसहितका टीकाटिप्पणी सुनिने गरेको भए पनि त्यसमा सत्यता नरहेको प्रस्ट्याए। एमाले अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने उनको दाबी छ।
‘एमाले प्रमुख प्रतिपक्षमा ५ वर्ष रहनेछ। एमाले र नेपाली कांग्रेस मिलेर सरकार बन्दैन भन्ने कुरा यहीँबाट उद्घोष गर्न चाहन्छु। यो सरकार यही गठबन्धन ५ वर्ष रहनेछ। केन्द्रमा पनि रहनेछ र प्रदेशमा पनि रहनेछ,’ उनले भने।
नेता कार्कीले असारको बजेटअगावै कोसी प्रदेशमा समेत सरकारको नेतृत्व परिवर्तन हुने बताए।