बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरेको हो ।

बजेट अधिवेशन वैशाख २४ गते ४ बजे बोलाउनका लागि सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदको दुवै सदनमा ल्याउनै पर्ने हुन्छ । बजेट आउन अब २५ दिन पनि बाँकी छैन । अर्थमन्त्री प्रकाशशरण महत अहिले बजेट लेखनमा लागेका छन् । उनले बजेट लेख्न तीन सदस्यीय विज्ञ समूह गठन गरेका छन् । तर अर्थ सचिव भने आफू अनुकूल ल्याउन उनी असफल भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *