एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज आइतबारबाट सुरु हुने संसद् अधिवेशनअघि एमालेले दलको बैठक बोलाएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले दिउँसो १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने गरी दलको बैठक बोलाइएको जानकारी दिए । ‘दिउँसो १ बजे दलको बैठक बोलाइएको छ । संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुन्छ र सोही अनुसार हाम्रो पार्टीका सांसदहरूले भूमिका खेल्नुहुन्छ’, गिरीको भनाइ छ । यसबेला नेकपा एमाले संसद्मा प्रमुख प्रतिपक्षको हैसियतमा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *