त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष उप्रेती जुटे फोहोर व्यवस्थापनमा

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो पालिकामा उत्पादन भएका फोहोर आफैंले व्यवस्थापन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष राजु उप्रेतीले पालिकामा उत्पादन भएका फोहोरको दिगो व्यवस्थापनका लागि डम्पिङ साइट निरीक्षण गरेका छन् ।

सोमबार गाउँपालिका उपाध्यक्ष देवराज धरेल, वडा नम्बर २ का वडाध्यक्ष कृष्णबहादुर खत्री र प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद पराजुलीले डम्पिङ साइट निरीक्षण गरेका हुन् । गाउँपालिकामा उत्पादन भएका फोहोर आफैंले व्यवस्थापन गर्न अध्यक्ष उप्रेतीले सरोकारवालाहरूसँग छलफलसमेत अघि बढाएका छन् । गाउँपालिकालाई सफा, सुग्घर र हराभरा बनाउने उद्देश्यले फोहोरको दिगो व्यवस्थापनमा लागिपरेको उप्रेतीको भनाइ छ ।

गाउँपालिकामा कुहिने र नकुहिने फोहोर स्रोतमै वर्गीकरण गरी व्यवस्थापनमा जुटेको हो । प्रसिद्ध मन्दिर त्रिपुरासुन्दरी माईको नामबाट नामाकरण गरिएको त्रिपुरासुन्दरी गाउँपालिकामा सातवटा वडा छन्। गाउँपालिका ८४.३६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । गाउँपालिकाको जनसंख्या २२ हजार ९६० रहेको छ । अहिले गाउँपालिकामा सडक कालोपत्रे गर्ने काम तीव्र ढंगले अघि बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *