भक्तपुरमा टाटा मोटर्सको नयाँ शोरुम


काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भक्तपुरमा नयाँ शोरुम विस्तार गरेको छ । नयाँ शोरुमको उद्‍घाटन सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा र टाटा मोटर्स लिमिटेडका पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेसचन्द्रले स‌ंयुक्त रुपमा गरे । नयाँ शोरुममा टाटा मोटर्सको पेसेन्जर भेहिकलहरु पनि प्रदर्शन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष राणाले सिप्रदीको नयाँ शोरुम विस्तार गरी ग्राहकहरुलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताए । टाटा मोटर्सका चन्द्रले ग्राहकहरुको विशेष सेवाका लागि कम्पनीले नयाँ शोरुमहरु थप्दैे लगेकोे बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *