आज मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा शुक्रवा सार्वजनिक हुने भएको छ । सूचना अधिकारी नारायणप्रसाद पोखरेलले जानकारी दिए अनुसार आजै मौद्रिक नीतिको समीक्षा जारी हुने गरी राष्ट्र बैङ्क सञ्चालक समितिको बैठक जारी छ ।

खुकुलो मौद्रिक नीतिका लागि अर्थमन्त्रीको निरन्तरको दबाबका बीच तेस्रो त्रैमासको समीक्षामा वित्तीय औजारहरूमा चलाउने योजना केन्द्रीय बैङ्कको रहेको उनको भनाइ छ ।

बैङ्कको ब्याजदर र बैङ्क तथा वित्तीय संस्थाहरूका लागि कारोबारमा केही सुविधा प्रदान गर्ने गरी मौद्रिक नीतिको समीक्षाको ड्राफ्ट तयार भएको अधिकारी पोखरेलले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *