एनएमबि बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता


काठमाडौं । एनएमबि बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीचविभिन्न डिजिटल च्यानल सम्बन्धि सेवा संचालनको सम्झौता स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र एनएमबि बैंकबीच विभिन्न डिजिटल च्यानल सेवाहरू प्रयोग गर्ने सम्झौता भएको छ । सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र एनएमबि बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरेका थिए ।
ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्ने बैंकको लक्ष्यलाई आत्मा साथ गर्दै बैंकले ग्राहकहरूको बदलिँदो वित्तीय प्राथमिकतालाई सम्बोधन गर्न विभिन्न प्रकारका समय सान्दर्विक योजनाहरु ग्राहकहरू माझ प्रस्तुत गर्दै आईरहेको छ । एससीटी र एनएमबि बैंकबीच भएको यस सम्झौताले ग्राहकवर्ग लाई विभिन्न डिजिटल च्यानलहरू प्रयोग गर्न प्रोत्साहन गर्दै ग्राहकवर्गहरुलाई डिजिटल प्रणाली प्रयोगमा अभ्यस्त गर्न समेत निर्णायक भूमिका खेल्न सक्नेछ।
एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजतपत्रप्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी‘बैंक अफ दिइयर एसिया २०२१’उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी‘ बैंक अफदिइयर नेपाल’प्राप्तगरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *