नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार ४ दिनका लागि म्याद थपको अनुमति दिएको हो ।

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै सो घटनामा फरार रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई पनि अदालतले प्रकाउ पुर्जी दिएको छ ।

अहिले सम्म फरार रायमाझीलाई प्रहरीले नियन्त्रण गर्न सकेका छैनन् । आरोपितहरुको अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले शनिबारदेखि गणना हुने गरी चार दिनको म्याद थप गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *