कामना सेवा विकास बैंकको लाभांश पारित
काठमाडौं । कामना सेवा विकास बैंकको १६ औं वार्षिक साधारणसभाले संचालक समितिद्वारा प्रस्तावित ४.६४२१ प्रतिशत लाभांश पारित गरेको छ । संचालक समितिले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२३२१ प्रतिशत लाभांश प्रस्तावत गरेको हो । सभाले आ.व. २०७९।०८० को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।